आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउने मेयर धामीको घोषणा

दार्चुला – शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले आफूले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउने भएका छन् । बढ्दो कोरोना महामारीसँगै जनताको स्वास्थलाई मध्यनजर गर्दै मेयर धामीले आफूले चढ्दै गरेको म १ च ७२७ नम्बरको स्कार्पियोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् ।
जिल्लाभरी कोरोना भाइरसको संक्रमण फैलिदो अवस्थामा रहेको, अस्पतालहरुमा भएका एम्बुलेन्स कोरोना संक्रमित बोक्नमा प्रयोग भएपछि कोरोना संक्रमित बाहेकका बिरामी बोक्न एम्बुलेन्स अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्