CORONA

गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन

काठमाण्डौ – गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको काठमाण्डौको सुन्धारामा रहेको न्युरो अस्पतालमा उपचारका क्रममा बिहीवार दिउँसो निधन भएको हो ।

बिहीवार बिहान प्रधानको छातीमा सामान्य सङ्क्रमण (इन्फेक्शन) देखिएपछि उनलाई न्युरो अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो १ः४५ बजे प्रधानलाई हृदयाघात भएको साहित्यकार तथा सर्जक प्रकाश सायमीले बताए ।

सङ्गीतकार लक्ष्मण शेषले गायक प्रधानको अन्तिम श्रद्धाञ्जलीका लागि स्वास्थ्यका मापदण्ड अपनाएर अस्पतालमा उपस्थित भइदिन आग्रह गरेका छन् ।

आफ्नो समयका निकै चर्चित र स्टाइलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ । उहाँका ’घुम्तीमा नआऊ है’, ’तिमीलाई अचेल कहाँ देखुँ’, ’गोरेटो यो गाउँको’, ’पर लैजाऊ फूलहरू’ लगायत गीत लोकप्रिय छन् ।

विसं १९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोकको चौतारामा प्रधानको जन्म भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्