कोरोना संक्रमितको नयाँ रेकर्ड – थप ९ हजार ७० जनामा कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै उच्च रेकर्ड संक्रमित पुष्टि भएको हो । यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।
पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्