एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

मकवानपुर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेश सभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाण्डौ जिल्ला कमिटीका सचिवसमेत हुन् ।

निरौलालाई मुख्य सचेतकमा मनोनयन गरिएको जानकारी प्रदेश सभा सचिवालयलाई बिहीवार (आज) दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार निरौलालाई यही वैशाख १७ गते नै मुख्य सचेतकमा मनोनयन गरिएको थियो । निरौलालाई एमाले वाग्मती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेको जनाइएको छ ।

एमालेका तत्कालीन मुख्य सचेतक केशवराज पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएपछि रिक्त पदमा निरौलालाई चयन गरिएको प्रदेश सभा सचिवालयलाई दलले बुझाएको पत्रमा उल्लेख छ । पाण्डेअघि अहिलेका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल मुख्य सचेतक थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्