कारभित्र मृत फेला परेका बालकहरूको पहिचान खुल्यो

सांकेतिक तस्बिर

काठमाडौँ – दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ । उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण परियार तथा स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप परियार हुन् ।

अभिभावकहरूले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको बताएका छन् । उनीहरूले १७ गते प्रहरी कार्यालयमा छोराहरू खोजिदिन निवेदन पनि दिएका थिए।

सो घटनाबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । घटना कसले र किन ग¥यो भन्ने अनुसन्धान भइरहेको छ । कार धनी यादवप्रसाद गैरे रहेको पत्ता लागेको छ । उनलाई अनुसन्धानका लागि झिकाइएको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्