प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, लकडाउनमा थप कडाइ हुन सक्ने

File Photo

काठमाडौं ।–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको हो ।

बैठकका एजेण्डा भने खुलाइएको छैन । नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।

कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्