कोरोना महामारी सामना गर्न नेपाललाई अमेरिकाको थप ८५ लाख डलर सहयोग

काठमाडौँ – अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ ।

नेपालमा कोरोना महामारीले झन विकराल रुप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत सो सहयोग प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘यो थप सहयोगले नेपाल सरकारलाई कोभिड–१९ सम्बन्धी रोगको परीक्षण, अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, उपचार, संक्रमण रोकथाप, नियन्त्रण, सीमा नियन्त्रण र संघीय, प्रादेशिक तथा स्थानीय तहमा थप कामहरु गर्नका लागि सहयोग पुग्नेछ,’ दूतावासले भनेको छ ।

नेपाल र यूएसएड मिलेर सबैभन्दा जोखिममा रहेका समूहलाई सहयोग गर्न समुदाय तहमै काम गर्नेछन् ।

सो सहयोगबाट कोभिड काउन्सिलिङ (परामर्श), पोषण परामर्श, स्वास्थ्य सेवामा पहुँच, जटिल एचआईभी सेवा प्रदान लगायतका सेवा प्रदान गरिने बताइएको छ । कोरोना महामारीको सुरुवातदेखि नै नेपाललाई अमेरिकाले सहयोग गर्दै आएको जनाउँदै दूतावासले यो समस्यामा नेपाल सरकारसँग सँधै साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्