कैलालीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

File Photo
File Photo

कैलाली – धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार कोभिड अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका–७ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै, धनगढीस्थित नोभा अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का २८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनको अस्पतालमै मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्