गुल्मीमा थप दुई कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – गुल्मीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र गुल्मीका फोकल पर्सन गोपाल कार्कीका अनुसार रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुषको आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै बुटवलमा बस्दै आएकी इस्मा गाउँपालिकाकी ७६ वर्षीया महिलाको पनि भैरहवा युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको कार्कीले बताए ।
यो सहित गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्