२१ लाखले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं – कोरोना विरुद्धको खोप अभियान दोस्रो चरणसम्म आइपुग्दा २१ लाखले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले जनाएको छ ।

फ्रन्टलाइनरमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, पत्रकारलगायतलाई पहिलो चरणमा चार लाख ३८ हजारलाई खोप दिएको थियो । त्यसपछि केहि दिन अगाडिमात्र पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्र दिने दिइएको थियो । त्यसमा तीन लाख ६२ हजारले दोस्रो मात्राको खोप लगाइसकेको महाशाखाले जनाएको छ ।

भारतीय र चिनियाँ दुवै खोप गरि अहिलेसम्म जम्मा २१ लाखले खोप लगाइसकेको महाशाखाको तथ्याङ्क छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्