स्वास्थ्य केन्द्रका इन्चार्जले गरे पत्रकारमाथि सार्वजनिकरूपमा दुर्व्यवहार

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नं–९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका कर्मचारी वेदप्रकाश भट्टले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । समाचारको विषयलाई लिएर भट्टले तीनजना पत्रकारीमाथि सार्वजनिकरूपमै दुर्व्यवहार  गरेका हुन् ।
नगरपालिकाको स्वास्थ शाखाले आयोजना गरेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रममा सहभागी पत्रकारहरूलाई सार्वजनिकरूपमै भट्टले तिमीजस्ता पत्रकारहरूलाई देखाइदिन्छु भन्दै झम्टिन आएका हुन् । उनले पत्रकारहरूमाथि अपशब्दसमेत प्रयोग गरेका थिए । शुक्रबार शुक्लाफाँटा नगरपालिका वडा नं–९ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा त्यहाँका कार्यालय सहयोगीले विरामीलाई औषधी वितरण गरेको भिडियो प्रसारण भएको थियो । सोही प्रसंगलाई लिएर भट्टले अन्य पत्रकारमाथि दुर्व्यवहार गरेका हुन् । भट्ट सोही स्वास्थ्य केन्द्रका इन्चार्ज हुन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्