बलात्कार अभियोग लागेका पत्रकार केदार कोइराला दोषी ठहर

काठमाडौँ – बलात्कार अभियोग लागेका पत्रकार केदार कोइरालालाई उच्च अदालत पाटनले दोषी ठहर गरेको छ ।

न्यायाधीश अच्युत विष्ट र नवराज थपलियाको इजजलासले आइतबार कोइरालालाई दोषी ठहर गरेको हो ।

उनलाई कति सजाय गर्ने भन्ने निर्णय भने अर्को पेशीमा गरिने उच्च सरकारी वकिल कार्यालयका प्रमुख सूर्य दाहालले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाइ दिएको थियो । त्यसविरूद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्