बाजुरामा बाघको छाला सहित २ जना पक्राउ

बाजुरा जिल्लाको तल्लो क्षत्रमा पर्ने त्रिबेणी नगरपालिका वाड न ९ बाट चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा सोही नगरपालिकाका ६० वर्षीया मानसिंह थापा र २६ वर्षीय तुलाराम सार्की पक्राउ परेकोजिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ परेका उनीहरुलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरीएको छ । चितुवा मारेर हड्डी, दाँत र छाला विक्रीको लागि छानामा लुकाएर राखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई त्रिवेणी नगरपालिका–९ बाटै शनिबार पक्राउ गरेको थियो । पक्राउ परेका थापा र सार्कीको जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान भईरहेको छ ।

उनीहरुबाट बरामद चितुवाको १ थान छाला, ३ थान दाँत, २ थान खुट्टा र १ थान टाँउकोदेखि अस्थिरपञ्चर रहेका छन् सो बस्तु जिल्ला डिभिजन बन कार्यालय बाजुरामा बुझाईएको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोही नगरपालिकाबाट करिब १ वर्ष पहिले चितुवाको छाला, हड्डी, दातँ र अन्य मृगका हड्डीसहित केही ब्यक्तीहरु पक्राउ परेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्