हेलम्बुको माथिल्लो क्षेत्रमा हिमपात, जाने हैन त हिउँ खेल्न हेलम्बु ?

काठमाडौँ – गएराति देखि परेको झरि सँगै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाकाे माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हेलम्बुको तल्लो क्षेत्रमा ठुलो वर्षा भइरहेको र माथिल्लो क्षेत्रमा हिमपात भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हेलम्बुमा ठुलो झरि परिरहेको छ, माथिल्लो क्षेत्रमा हिमपात भएको छ, हिमपात कति तल सम्म भएको छ भन्ने देखिएको छैन तर हिमपात भएको छ ।’ हेलम्बु गाउँपालिकाको माथिल्लो क्षेत्र तार्केघ्याङ, मेलम्चीघ्याङ, आमायाङ्ग्री, ठाडेपाटी लगायतका ठाउँमा हिमपात भएको हुनसक्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

प्राकृतिक सौन्दर्यताले भरिएको हेलम्बु पर्यटनका दृष्टिकोणले काठमाडौँबाट नजिकको गन्तव्य हो । जहाँ बैशाखमा समेत हिउँ खेल्न पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्