बेदकोटका मेयर चन्द आरन व्यवसायीको घरदैलोमा, आधुनिक उपकरण प्रदान गर्ने प्रतिबद्धता

कञ्चनपुर – चैत्र महिनाको अन्तिम साता आईपुग्दा किसानहरुलाई बालीनाली (गँहु) थन्क्याउन भ्याई नभ्याई भएको छ । प्राय जसो गाउँ तथा भित्री शहरहरुमा खेतीपाती नगर्ने कोही छैनन् । प्रायः अधिकांशले अहिले गँहु बाली उठाउँदैछन् भन चैते धान लगाउनेको चटारो छ । खेती किसानीमा प्रयोग हुने औजारको किनबेच हुने वेला पनि यही हो ।
यो याममा सिक्कल, हँसिया, खुर्पा, बाम्फोक, कोदालो, कोदाली, काँटालगायत उपकरण धेरै प्रयोग हुन्छन् । परम्परागतरूपमा दलित समुदायले फलाम पिटेर औजार तयार गर्ने यो पेसा अहिले हराउँदै गएको छ ।
आरनलाई चाहिने कोइला र कच्चा फलाम सजिलै र सस्तो मूल्यमा पाइन छाडेको छ । अर्कातिर बनाएका सामानको किनबेच पनि घटेको छ । सीमित किसानले प्रयोग गर्ने उस्तै घरेलु हतियारको मूल्य स्थानीयले उत्पादन गरेको भन्दा बजारमा आधा सस्तोमा पाइन थालेको छ । आरन चलाउन चाहिने कोइला र फलाम नपाइने समस्याले व्यवसायी उत्तिकै चिन्तित छन्
यो व्यवसायलाई आधुनिक र आत्मनिर्भर बनाउन आयातित हतियार प्रतिबन्ध गरी प्राविधिक उपकरण, कोइला र काँचो फलाममा अनुदान, आधुनिक प्रविधिको तालिम आवश्यक रहेको व्यवसायीको माग छ । यहिँ कुरालाई मध्यनजर गर्दै कञ्चनपुरकाे बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बेदकोट नगरपालिकाभित्र सञ्चालित आरन व्यवसायको अवलोकन गर्नुभएको छ । मंगलबार मेयर चन्दले आरन व्यवसाय गरि गुजारा गर्दै आइरहेको व्यवसायीहरुको स्थलगत अनुगमन गर्नुभएको हो । सिप कलालाई प्रोत्साहित गर्न आरन व्यवसायीको घर आगनमा पुगेर आगामी दिनमा आरन व्यवसायलाई आधुनिकिकरण तथा प्रबद्र्धन गर्न थप सल्लाह तथा सुझाव लिनुभएको हो । आरन व्यवसायलाई थप स्तरीय बनाउन संकलित सुझावको आधारमा नगरपालिकाबाट आर्थिक सहयोग तथा आधुनिक उपकरण प्रदान गर्ने मेयर चन्दले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्