“छुट्यो बैरी मायाजाल” बोलको देउडा गीत सार्वजनिक

“छुट्यो बैरी मायाजाल” बोलको देउडा गीत सार्वजनिक भएको छ । निरु देउवाको पहिलो देउडा कोसेली छुट्यो बैरी मायाजाल मंगलबार सुदूरपश्चिम टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । माया प्रेममा आधारित मार्मिक देउडा गीतमा एलबी चन्द र निरु देउवाको स्वर रहेको छ । यस्तै उक्त गीतको भिडियोको निर्देशन नरेन्द्र प्रसाद जोशीले गर्नुभएको छ । यसैगरी गीतमा शब्द र संगीत एलबी चन्दको रहेको छ भने एरेन्ज गोपाल दयालले गर्नुभएको छ ।
सगुन डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा नरेन्द्र जोशी, भारती धमेना र धर्मराज भट्ट कलाकारको रुपमा रहेका छन् । मेहफुज अन्सारीले छायांकन गरेको उक्त भिडियोमा ललितसिँह साउदले सम्पादन गरेका छन् । दर्शकहरुले अत्यधिक रुचाइएको उक्त देउडा गीत डोटेली शब्दहरुमा तयार पारिएको छ ।

भिडियाेकाे लागि तल क्लिक गर्नुहोस् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्