दुई दिन अघि कोरोनाको भ्याक्सिन लगाएका पाकिस्तानका प्रमलाई कोरोना संक्रमण

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ । इमरान खानलाई शनिबार कोरोनाको संक्रमण पुष्टि भएको हो । प्रधानमन्त्रीका विशेष सहयोगी फैजल सुल्तानले यसको जानकारी दिएका हुन् । इमरानले दुई दिनअघि मात्रै कोरोनाविरुद्धको भ्याक्सिन लिएका थिए ।

कोरोनाको संक्रमण देखिएपछि उनी हाल होम आइसोलेशनमा छन् । इमरानले चिनियाँ भ्याक्सिन सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लिएका थिए ।

प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका थुप्रै कर्मचारी र उनलाई हालै भेट गरेका व्यक्तित्वहरुको कोरोना परीक्षण गरिएको छ । जानकारीका अनुसार इमरानमा कोरोनाको गम्भीर लक्षण छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्