कञ्चनपुरको बेदकोट-२ को कार्यालय भवनको उद्घाटन, जमिनदाता सम्मानित

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. २ को कार्यालय भवनको विहिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा उक्त भवनको उद्घाटन गरिएको हो । ८२ लाख विनियोजित भएतापनि उक्त भवनका लागि ५१ लाखमा निर्माण सम्झौता भएको थियो ।
विजुलियन विल्र्डसले उक्त एक तले वडा भवन निर्माण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख चन्दले वडाबाट सबै सेवा छिटो, छरितो र चुस्त दुरुस्त सेवा प्रवाह गर्नको लागि वडा भवन निर्माणको कामलाई तिव्रता दिएको बताउनुभयो ।
उक्त उद्घाटन कार्यक्रममा जमिनदाता बीर भट्ट र गणेश बहादुर स्वाँरलाई सम्मान समेत गरेको छ । यस भवनको सुदूरपश्चिम प्रदेश सभा सदस्य लालबहादुर खड्काले शिलान्याश गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिका भित्रका स्थानीय बृद्धिजिवी, सरोकारवाला निकाय, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, समाजसेवी, सञ्चारकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
यस्तै केहि महिना पहिला मात्रै वडा नं. ८ को कार्यालय भवनको समेत उद्घाटन गरिएको थियो । मुल्य अभिबृद्धि कर बाहेक ३० लाखमा शिव शंकर निर्माण सेवालृ उक्त भवन निर्माण गरेको थियो । ५ कोठा सहित प्यासेज भएको उक्त भवन निर्माण पश्चात माघ २० गते मंगलबार उद्घाटन गरिएको थियो ।
यसैगरी ४ वटा वडाहरुको भने भवन निर्माण हुन बाँकि रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्