नेकपा नामको विवादमा फैसला मिति सर्‍यो

काठमाडौं– नेकपा नामको विवादमा फैसला मिति सरेको छ ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिटको अन्तिम फैसला बिहीबार सुनाउने तय भएको थियो । पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द रहेका कारण फैसाल मिति पछि सरेको हो ।

गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरी निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएपछि कट्टेले अदालत जानुभएको थियो ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्