बाजुरामा काेभिड-१९ बिरुद्व पत्रकारसँँग अन्तरक्रिया कार्यक्रम

बाजुरा – बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा कोभिड १९ बिरुद्धको खोप अभियान सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा पत्रकारहरु संगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लामा अब तेस्रो चरणको कोभिड १९ बिरुद्धको खोप अभियान संचालनमा सबैको साथ सहयोग र कोही पनी नछुटन भन्ने हेतुका साथ खोप समन्वय समिति र पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएछन् ।
स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा संचालन गरिएको साेकार्यक्रममा तेस्रो चरणमा हुन गईरहेकाे खोप अभियानमा १८ बर्ष माथीका युवा, शिक्षकहरु, ड्राइभर र ५५बर्षमाथिका बृद्ध बृद्धाहरुलाई लगाउने कार्यक्रम रहेको प्रमुख पन्तले बताएका छन ।

तेस्रो चरणमा लगाउने खोपका लागि ६९ वटा केन्द्रबाट सेवा दिने र १८ हजार ८ सय ८९ जनालाई खोप लगाइने लक्ष्य रहेकाे बताएका छन । सो अभियानमा यस अघिको पहिलो र दोस्रो चरणमा छुटेका स्वास्थ्यकर्मी, सुरक्षा कर्मी,लाई पनी अभियानमा समेटिने सो अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुखले बताएका छन ।
खोप समन्वय समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको अध्यक्षतामा संचालन भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया प्रमुख अतिथि रहेका थिय । कार्यक्रममा जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्मा, जिल्ला शिक्षा समन्वय अधिकारीरगमल बिक, सुरक्षा निकायका प्रमुख जिल्ला स्थित भिभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्