सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, २१ गते प्रधानमन्त्री ओली र विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने

काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह ) बीच तीन बुँदे सहमति भएको छ ।
जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने र सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।

सहमति अनुसार अब विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सम्पूर्ण राजनीतिक विषयहरुको समाधान वार्ताको माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा गर्ने र नेपाल सरकारबाट यो पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिने भएको छ ।

त्यस्तै सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि लगाएको प्रतिवन्ध हटाउने, सम्पूर्ण बन्दीहरुको रिहा र मुद्दा खारेजी लगायतका विषय सहमतिमा समेटिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्