विप्लव समूहसँग सरकारको दोस्रो चरणको वार्ता पनि सकियो

काठमाडौं– नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाबीच बुधबार साँझ नै दोस्रो चरणको वार्ता पनि सकिएको छ ।

वार्ता सकारात्मक अवस्थातिर गएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो । ‘वार्ता विषय केन्द्रित रह्यो,’ उहाँको भनाइ छ, ‘दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

सरकार विप्लव नेकपाबीच बुधबार बिहान पनि वार्ता भएको थियो ।

दुवै चरणको वार्ताको नेतृत्व सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गर्नुभएको थियो ।

सरकार र विप्लव समूहले मंगलबार मात्र अलग अलग वार्ता टोली गठन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्