कृषि ज्ञानकेन्द बाजुरा काे अगुवाईमा हिउदे फलफुल राेपीए

बाजुरा – यस बर्ष बाजुरामा मात्रै १ लाख २५ हजार फलफुलका बिरूवा राेपीएका छन्। गत बर्षहरू झै याे बर्ष पनी सरकारी अनुदान र किसानकाे लागतमा १ लाख २५ हजार बिरूवा राेप्ने काम भइरहकाे कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशीले बताउनुभएको छ । गरिवी र अभावको जिल्लाको उपमा पाएको बाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले २०७७ साल लाई फलफूल रोपण वर्ष घोषणा गरी वृहतरुपमा फलफूल विरुवा रोप्ने अभियान संचालन गरे अनुरुप यस वर्ष १ लाख २५ हजार हिउँदे फलफूलका विरुवा रोपेर ५०० हेक्टर क्षेत्रफलमा फलफूलको क्षेत्र विस्तार भएको सुचना अधिकारी जैशीको भनाइ छ।

यो विरुवा संख्या विगतका वर्षको तुलनामा करिव पाँच गुणाले वढी रहेकाे उनले भने। यस वर्ष जिल्लामा विजु ओखर १९०५०, कलमी ‍ओखर ९००, टर्किवाट ल्याईएको च्यान्दलर जातको १ वर्षमै फल्ने ओखर २१२५० वोट रेपिएको छ भने १ वर्षमै फल्ने फुजि र गाला जातको स्याउ ४८००, अन्य जातको स्याउ ६५५००, किवी ३००० र नास्पाती/आरु/आरुवखडा ५०० विरुवा गरी जम्मा १ लाख १५ हजार फलफूल विरुवा रोपिएको भने १० हजार जङ्गली मेलका वोटलाई कलमी गरी नास्पाती वनाईएको सुचना अधिकारी जैशीकाे भनाइ रहेकाे छ ।

यसरी विरुवा संख्याको आधारमा ‍ओखर २५८ हेक्टर स्याउ २०० हेक्टर किवी ८ हेक्टर र अन्य फलफूल ३४ हेक्टर गरी ५०० हेक्टरमा हिउँदे फलफूलको थप क्षेत्र विस्तार भएको छ । फलफूल रोपण वर्षको यस अभियानमा नौ वटै स्थानिय तहमा फलफूल रोपण दशक कार्यक्रमको शसर्त अनुदान कार्यक्रम अन्तरगत ५६५००, पिसवीन वाजुराको सम्पुर्ण परियोजना मार्फत २६५००, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जैतुन जोन अन्तरगत १२०० र कृषि ज्ञान केन्द्र वाजुरा मार्फत ३०८०० फलफूल विरुवा वितरण गरिएको छ भने सबै स्थानिय तहमा गरी १० हजार मेलका वोट कलमी गरी नास्पाती वनाईएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाेबिन्द्र सिजापतीले बताएका छन ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्