भानुभक्त जाेशीकाे निर्देशनमा रहेकाे “स्वर्ग लोक भागरती” गीत सार्वजनिक (भिडियाे सहित)

काठमाडाैँ – बलात्कार पछि हत्या गरिएकी बैतडी जिल्ला दोगडाकेदार गाउँपालिकाकी कक्षा १२ मा अध्ययनरत १८ बर्षीय छात्रा भागरती भट्टको बिषयमा तयार पारिएको गीत सार्वजनिक भएको छ ।
निरन्तर मिडियाको प्रस्तुतीमा रहेको “स्वर्ग लोक भागरती” बोलको गीतको भिडियो आज सार्वजनिक भएको हो । मदन भण्डारी र रेजु कुवरको स्वर्ग लोक भागरती गीतमा गायक भानुभक्त जोशी र पूर्णिमा ठगुन्नाले स्वर दिनुभएको छ भने शब्द माधव विष्ट (कैलाश) र भानुभक्त जोशीको रहेको छ ।
यसैगरी गीतमा संगीत माधव विष्टले गर्नुभएको छ भने एरेन्जर सेर बहादुर बोहराले गर्नुभएको छ । कुसुम स्टुडियामो रेकर्डिङ भएको उक्त म्यूजिक भिडियोको निर्देशन समेत भानुभक्त जोशीले गर्नुभएको छ ।
सौगात ओझाको परिकल्पना तथा अमित विक र हिक्मत पाठकले छायांकन गर्नुभएको गीतको सम्पादन अनुप विकले गर्नुभएको छ । जसको भिडियो श्रीराम फिल्मस्ले गरेको छ । यसैगरी उक्त गीतमा अभिनय भानुभक्त जोशी, सौगात ओझा, रेजु कुवरले गर्नुभएको छ । उक्त गीतमा सेर बहादुर ठगुल्लाले सहयोग गर्नुभएको छ ।
समाजमा बढ्दै गइरहेको हिंसालाई समेटेर समाजमा सकारात्मक सन्देश दिन र उक्त छटनाको परिकल्पनालाई आधार बनाएर गीत निर्माण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्