‘जनताको आवश्यकताको पहिचान गरि अगाडी बढे समृद्ध नेपाल सम्भाव छ’ : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनताको अधिकतम आवश्यकताको पहिचान गरि अगाडी बढे समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुने बताउनुभएको छ । उपहार खबरसँगको विशेष कुराकानीमा अध्यक्ष शेर्पाले समाजका न्युनतम आवश्यकताहरुलाई पहिचान गरि जनताको इच्छा र चाँसो अनुसारका गतिविधिहरु अगाडी बढाए मात्रै देश अगाडी बढ्ने धारणा राख्नुभयो । अध्यक्ष शेर्पाले भन्नुभयो, ‘समृद्धि भनेको तातो हुन्छ भनेर जनताले महसुस गुर्नप¥यो, अर्थात, समृद्धि भनेको जनताले महसुस गर्ने गरि हुनुपर्छ, अहिलेसम्म भएका परिवर्तनमा व्यक्तिमात्र परिवर्तन भएको र जनताले खासै परिवर्तनको महसुस गरेका छैनन्’ । उहाँले थप्नुभयो, ‘बोलेर मात्र परिवर्तन हुँदैन, जनताले महसुस गर्नुपर्यो ।’

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि अध्यक्ष हेलम्बुका जनताले स्थानीय सरकारको महसुस गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार हेलम्बु गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा फड्को मारेको छ । स्वास्थ्य संस्थाहरुमा गरिएको सुधारले सेवाग्राही पनि खुसी छन् । हेलम्बुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकहरुलाई समयमा मलको व्यवस्था पनि गाउँपालिकाले गरेको छ । सहकारी सँगको सहयकार्यमा गाउँपालिकाले कृषकहरुलाई समयमै मल उपलब्ध गराउने कार्य अघि बढाएको छ ।

पर्यटकीय दृष्टिकोणले निकै प्रख्यात ठाउँको रुपमा चिनिएको हेलम्बु क्षेत्रको विकासका लागि नयाँ पर्यटन रुटको पनि सुरुवात गरिएको छ । हेलम्बु मै ५ हजार मिटर भन्दा अग्ला हिमाल हरुको पहिचान गरि हिमाल आरोहणको सुरुवात गरिएको छ । भने हिमालयन ग्रेटट्रेल निर्माण भइरहेको छ । अहिले पनि हेलम्बुमा हिमालयन ग्रेटट्रेल अवलोकन गर्नेहरुको उपस्थिति ठूलो संख्यामा रहेको छ । पर्यटनबाटै समृद्धि ल्याउन सम्भव भएको अध्यक्ष शेर्पाको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्