शैल्यशिखर र मालिकार्जुनमा फोर जी नेटवर्कको विस्तार गर्न आग्रह, छिट्टै सञ्चारको प्रभावकारिता बढ्ने आश्वासन

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा देखिएको संञ्चारको समस्यालाई समाधान गर्न आग्रह गरिएको छ ।
शुक्रबार कैलालीको अत्तरियास्थित नेपाल दुरसञ्चार क्षेत्रीय कार्यालयका निर्देशक नामाकार न्यौपाने सँग शैल्य शिखर नगरपालिकाका प्रमुख अमरसिंह धामी र मालिकार्जुन गाउँपालिकाका प्रमुख नरेन्द्र सिंह धामीले दार्चुला जिल्ला भित्र संचारको क्षेत्रमा देखिएको समस्याको बारेमा बताएका थिए ।

भेटको क्रममा दुवै जनाले दुवैपालिका भित्र तथा समग्र जिल्ला भित्र नै संचारमाध्यममा समस्या देखिएकाले छिटो भन्दा छिटो समस्या सामाधानका लागि पहल गर्न र दार्चुलाबासीहरुलाई फोर जी नेटवर्कको पहुँचमा जोड्न आग्रह गरेका थिए । जवाफमा नेपाल दुरसञ्चार क्षेत्रीय कार्यालय अत्तरियाका निर्देशक न्योपानेले छिट्टै सञ्चारको प्रभावकारिता बढ्ने र फोर जी नेटवर्क सुचारु गरिने बिश्वास दिलाएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्