लामो समयदेखि रहेको चलचित्र क्षेत्र विस्तारै तिग्रिदै, चलचित्र प्रदर्शनको मिति धमाधम तोकिन थाल्यो

काठमाडौं – कोरोना महामारीका कारण लामो समयदेखि रहेको चलचित्र क्षेत्र विस्तारै तिग्रिदै गएको छ ।

सिनेमा घर सञ्चालन आए सँगै चलचित्र प्रदर्शन मिति घोषणा गर्ने होडबाजी नै चलेको छ । माघ १ गतेबाट प्रदर्शनमा आएको शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ दर्शकले हेर्न नआएपछि कसरी चलचित्रलाई माथि उठाउने भन्ने चिन्ता थियो नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने, अहिले मानिसको चहलपहल देख्दा राम्रो चलचित्र हर्ने सिनेमा घरमा आउँछन् ।
कोरोनाका कारण सरकारले बन्दाबन्दी गरेपछि बन्द भएको चलचित्र निर्माण र प्रदर्शन करीब ९ महिनापछि बल्ल खुलेको छ अव चलचित्र क्षेत्रलाई राम्रो बनाउनु सबैले हातामालो गर्नुपर्ने आग्रह गरे ।
अहिले आधा दर्जन बढी चलचित्र छायांकनमा ब्यस्त छन् भने खुलेका सिनेमा हलहरु भने दर्शकको पखाईमा रहेका छन् ।
अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षत्रीको मुख्य भूमिका रहेको चलचित्र ’कृष्ण लीला’ ले प्रदर्शन मिति तय गरेको छ । निर्माण पक्षले आगमी नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै चैत २७ मा चलचित्र रिलिज गर्ने निधो गरेको छ ।
दीपक ओलीको निर्देशनमा बनेको चलचित्रले प्रेम कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईं लगायतको अभिनय छ । लक्ष्मण सुवेदीले लेखेको चलचित्रलाई शिव ढकाल र बाबु श्रेष्ठको छायाङन रहेको छ ।
चलचित्रमा समावेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत भ्यालेन्टाइन्स डेलाई लक्षित गरि ३० माघमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाइएको छ ।
यस्तै फागुन २१ मा चलचित्र ‘गोर्खे’ प्रदर्शनको तयारीमा रहेको निमार्ण पक्षले जनाइएको छ । चैत २७ गते ‘मनसँग मन’ पनि प्रदर्शन हुने जनाइएको छ ।
यसपालीको नयाँ वर्षमा नेपाली फिल्मको लहर आउने भएको लप्पनछप्पन २ पनि प्रदर्शनीको मिति सार्दा सादै बैशाख १२ लाई तय गरिएको निर्माता मुकुण्ड भट्टले जानकारी दिए ।
उनले यस्तो अवस्थामा चलचित्र जुढ्नुभनेको गोरु जुढ्नु जस्तै हो त्यसैले मिति सारेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्