आम हड्तालमा सहभागि हुन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट सडकमा, सामाजिक सञ्जालमा आलोचना

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको देशव्यापी आम हड्तालमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागि भएका छन् । राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन सडकमा निस्किएका हन् ।
लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन । आज दाहाल–नेपाल पक्षले आमहड्तालको घोषणा गरेको थियो ।

शान्ति सुरक्षामा खलल पुग्ने गरि गरिएका बन्द र तोडफोडमा मुख्यमन्त्री नै सहभागी भएको भन्दै सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्टको आलोचना भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्