जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, नेता झा घाइते

जनकपुर — नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहको आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा प्रचण्ड–माधव समुहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् ।

नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ । यस्तै,प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्