अरुका लागि आम हड्ताल प्रचण्डका लागि गाडी खुल्ला

काठमाडौँ – बिहिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको आमहड्ताल जारी छ । हड्तालमा सवारीसाधन आवागमनमा अवरोध गर्ने गराउने पार्टी अध्यक्षहरुको निर्देशन छ । अहिले प्रचण्ड–माधव समुहमा माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष छन् ।

तर, यी दुई अध्यक्ष भने अरूलाई सवारीसाधन चलाउन नदिएर आफू भने गाडी चढेर बन्द हड्तालको अनुगमन गर्न र सहभागिता जनाउन पुगिरहेका छन् ।

प्रचण्ड गाडी चढेरै हिँडे भने नेपाल स्कुटरमा कोटेश्वर पुगे । प्रचण्ड खुमलटारबाट सातदोबाटो, कोटेश्वरहुँदै पुल्चोक गएर पुनः खुमलटार फर्के । उनी खुमलटारबाट गाडी चढेर सातदोबाटो गए । त्यहाँबाट कोटेश्वर पनि गाडी चढेरै गए । कोटेश्वरबाट पुल्चोक पनि गाडीमै गए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्