नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने

काठमाडाैँ – खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ । नेपालीका लागि यो इन्धन भए पनि विकसिन मुलुकमा भने यसलाई तीन प्रकारले प्रयोगमा ल्याइएको पाइएको छ ।

नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको छ । यो विषयमा निगम र केयूबीच इन्धन र उर्जा क्षेत्रमा सहकार्य गरी काम गर्ने भनेर हालै द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौता पत्रमा केयूका तर्फबाट स्कुल अफ इन्जियनियरिङका डिन डा. डम्बरबहादुर नेपाली निगमका तर्फबाट निर्देशक दीपक बराबरले हस्तापषर गरेका छन् ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले यो सम्झौतापछि निगमले नेपालमै हाइड्रोजन इन्धन उत्पादन गरी निर्यात गर्नेसम्मको योजना बनाएको छ । हालसम्म निगमले भारतबाट इन्धन खरिद गरी स्वदेशी बजारमा बिक्री गर्दै आएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्