मनाङ आगलागी : पाँचदिनमा आठ सय हेक्टर क्षेत्रफल ध्वस्त

FILE PHOTO

पोखरा – मनाङको नासोँ गाउँपालिका ६, ७ र ८ का विभिन्न वनक्षेत्रमा पाँच दिनदेखिको आगलागीले झन्डै आठ सय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ ।

शनिबारदेखि आगो फैलिने क्रम केही कमी भए पनि तीव्र हावाका कारण जोखिम भने उत्तिकै रहेको स्थानीले बताएका छन् ।

अग्लो र अप्ठेरो भीरको सिरान क्षेत्रमा रुखका मुढामा सल्केको आगो अझै ननिभेकाले फैलिने त्रास रहेको स्थानीयको भनाई छ ।

सिजनमा पनि हिउँ र पानी नपर्दा बढी सुख्खा भएको त्यो क्षेत्रमा लागेको आगो नियन्त्रणमा निकै सकस भएको स्थानीय प्रशासनले बताएको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्