मेघा रियालिटी शो ‘नेपाल स्टार’को उपाधि पोखराकी एलिना गुरुङलाई

काठमाडौं- मेघा रियालिटी शो नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जित्नुभएको छ । यो उपाधिसँगै विजेता गुरुङले ३५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

सबैभन्दा ठूलो गायन प्रतियोगिता नेपाल स्टारको पहिलो विजेताको छनौट नेपाल टेलिभिजनबाट शनिबार भएको हो । देशभर गरिएको अडिशनबाट छनोट भएका १ शय ८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनौटका लागि चुनिएका चार उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट गुरुङ विजेता घोषित हुनुभएको हो ।

नेपाल टेलिभिजनले संचालन गरेको यो नेपालको सबैभन्दा ठूलो गायन रियालिटी शो हो । नेपाल स्टारको अन्तिम प्रतिस्पर्धामा ४ जना प्रतिश्पर्धी रहनु भएको थियो ।

शनिबार बेलुका ६ बजेसम्म दर्शकहरुको भोटिङका आधारमा बिजेता घोषणा गरिएको थियो । सातै प्रदेशमा अडिसन गरी १ सय ८० जना प्रतिश्पर्धी छनौट गरिएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट हुनुभएकी गुरुङलाई ३५ लाख नगद पुरस्कार प्रदान गरिएको छ भने अन्य ३ जना प्रतियोगिलाई जनही ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्