ह्वाइट हाउसबाट जादा जादै ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज ह्वाइट हाउसबाट विदा हुँदैछन् भने राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदै छन् ।

आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन् ।

हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने बयान दिएका छन् । “अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,“ उनले भने । “हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ ।” नयाँ प्रशासनबारे बोल्दै उनले भने, “हामी (नयाँ प्रशासन)ले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्नमा सफल होस् भनेर कामना गर्छौँ।”

ट्रम्पले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइटहाउस छोड्ने बताइएको छ । ’हामी जे गर्नका लागि यहाँ आएका थियौं, त्यो ग¥यौं र अरू धेरै पनि ग¥यौं,’ ट्रम्पले भने । सन्देशमा उनले नयाँ राष्ट्रपति आउन लागेको बताए तर जो बाइडेनको नाम लिएनन् । सुरूदेखि नै चुनावमा धाँधली भएको दाबी गर्दै आएका ट्रम्पले अहिलेसम्म बाइडेनलाई राष्ट्रपति निर्वाचित भनेका छैनन् । लोकप्रिय नारा दिएर चार वर्षअघि ह्वाइट हाउस छिरेका ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाअभियोग प्रस्ताव भोग्ने पहिलो राष्ट्रपति हुन् ।

उनीविरूद्धको दोस्रो महाअभियोग माथिल्लो सदन सिनेटबाट पनि पारित भए उनी सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवार हुन पाउने छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्