नौगाड गाउँपालिकामा ३ दिने पाठ्यक्रम कार्यशाला गोष्ठिको उद्घाटन, अध्यक्ष भन्नुहुन्छ ‘शिक्षामा देखिएका समस्या सामाधान गर्छौ’

दार्चुला – नौगाड गाउँपालिकाले ३ दिने आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम कार्यशाला गोष्ठीको उद्घघाटन गरेको छ ।
शनिबार गाउँपालिका भरिका ४३ वटा सामुदायिक विद्यालयबाट २/२ जना गरि जम्मा ८६ जना शिक्षक तथा शिक्षिकाहरुलाई कार्याशाला गोष्ठिमा सहभागि गराईएको हो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीले आगामी दिनमा सम्पुर्ण शिक्षक, वालविकास कार्यकर्ता लगायतका लागि विभिन्न तालिम तथा पुनर्ताजगी तालिमहरुको आयोजाना गरिनुका साथै समन्वय र सहकार्य गर्दै शिक्षाको गुणस्तरमा सुधार ल्याउन प्रयत्नशील रहिरहने कुरा बताउनुभयो । साथै लामो समयदेखि शैक्षिक क्षेत्रमा देखिएका अन्यौलता निरुपण, न्यून दरबन्दी रहेका र दरबन्दी नरहेका सामुदायिक विद्यालयहरुमा थप दरबन्दी सृजना, न्यून पारिश्रमिकमा कार्यरत बालबिकास कार्यकर्ताहरु तथा विद्यालय कर्मचारीहरुको तलब वृद्धि लगायतका समस्याहरु पनि अब सरकारले छिट्टै समाधान गर्ने बिश्वास समेत व्यक्त गर्नुभयो ।

तीन दिन सम्म नौगाड गाउँपालिकाको सभाहलमा चल्ने तालिममा शिक्षा अधिकृत लोकेन्द्र धामी, स्रोत व्यक्ति राम सिह बोहरा, जनहित मा.वि धुलिगडाका प्रधानाध्यापक अक्बर सिह धामी र केदारेश्वरी मा.वि सुन्डमुन्डका प्र.अ तिर्थराज विष्ट गरि चार जना प्रशिक्षक रहेका छन । पाठ्यक्रम, कार्यपुस्तक र शिक्षक निर्देशिका सम्बन्धी शिक्षक शिक्षिकाहरु लाई जानकारी गराउने उदेश्यका साथ यो तालिमको आयोजना गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्