कञ्चनपुरको बेदकोटमा पहिलो पटक डायग्नोस्टिक अस्पताल सञ्चालनमा

कञ्चनपुरको बेदकोट नगरपालिकामा पहिलो पटक डायग्नोस्टिक अस्पताल सञ्चालनमा आएको छ ।

बेदकोट नगरपालिका–१० दैजी बजारमा शिशिर पोलिक्लिनिक एवम् डायग्नोस्टिक सेन्टर स्थापना भएको हो ।

बुधवार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले अस्पतालको उद्धघाटन गरे l

मनोज सिंह महराले नगरपालिकामा पहिलो पटक डायग्नोष्टिक अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

यसबाट बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका स्थानीय लाभान्वित हुने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्