बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, चालक घाईते

बैतडी- शनिबार अपरान्ह बैतडीको मेलौलीनगरपालिका–९, मा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय अर्का नारायण भट्टको मृत्यु भएको छ । दुर्घटनामा चालक घाईते भएका छन् ।

शनिबार ४ः३० बजेको समयमा मेलौलीनगरपालिका –९ , स्थित भित्री सडक खण्डको असुरबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नं. को खाली ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट १०० मिटर तल भीरमा खसेको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा मेलौलीनगरपालिका–९,तल्लागाउँका नारायण भट्ट र थपाल्लेक गाउँकाअर्का नारायण भट्ट गरि दुई जनाको जनाको ज्यानगएको छ । ट्याक्टर दुर्घटनामा एकै गाउँमा दुई जनाको मृत्यु भएपछि मेलौली नगरपालिकाको अशुर गाँउ शोकमा डुबेको छ ।

दुर्घटनामा घाईते चालक कैलालीको गौरीगंगानगरपालिका–३, का २५ वर्षिय अमृत चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको सडक खण्ड यातायात सञ्चालगर्न अनुमतिनपाएको क्षेत्र हो ।

घाईते चालकको स्थानीय मेडिकलमा उपचार भईरहेको र मृतकभट्टको लाशनिकाल्ने कार्य भईरहेको छ । घटना स्थलमा प्रनानिजनकसिंह धामीको कमाण्डमा ५ जनाको प्रहरी खटिएको जिल्लाप्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुईमहिनाको अवधिका बैतडीका २० जनाले सडक दुर्घटनामा ज्यानगुमाएका छन् भने ६० जना घाईते भएका छन् ।

-गोरखापत्र अनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्