रेडियो मेलम्चीको भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठको सहयोग

सुशील सुवेदी, सिन्धुपाल्चोक

रेडियो मेलम्चीको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । समुदायको सक्रियतामा निर्माण भइरहेको सो भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठले २ लाख ५ हजार उपलब्ध गराउनुभएको छ । भवन निर्माण कार्यमा व्यक्तिगत सहयोगमा यो रकम नै सबैभन्दा बढी हो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ का स्थायी वासिन्दा श्रेष्ठ हाल मेलम्चीमा विविध व्यवसायमा संलग्न हुनुहुन्छ । सूचना र सञ्चारको माध्यमबाट सामुदायिक विकासमा निरन्तर लागिपरेको रेडियो मेलम्चीको बहुउद्देश्यीय भवनका लागि सहयोग गर्न पाउँदा उहाँले खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा पनि निरन्तर साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

हालसम्म १ सय ८६ जनाबाट १६ लाखभन्दा बढी रकम प्राप्त भइसकेको रेडियोका स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र विकास कोष, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, ह्योल्मो समितिलगायतका संस्थाले भवनका लागि आर्थिक सहयोग उपलब्ध गराएको रेडियो सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो ।

अवस्था सामान्य रहेमा अबको दुई महिनाभित्र नयाँ भवनबाट प्रसारण थालिने पनि अध्यक्ष भारतीले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्