आज मालिकार्जुन जात्रा, कोरोनाको जोखिमलाई मध्यनजर गरि पुजाआजा बाहेकका गतिविधिमा रोक

काठमाडौ – आज मालिकार्जुन देवताकाका आधादर्जन बढी स्थानमा जात्रा लाग्ने भएको छ । मालिकार्जुन मन्दिर मड, उचाकोट, मैखोली, गराडी लगायत मालिकार्जुन देवताका रानीहरुको वासस्थान भएका आधादर्जन बढी स्थानमा जात्रा लाग्ने गर्दछ । राती जात्रा लगाउदा विभिन्न समस्या र विकृतिहरुको सामना गर्नुपरेको भन्दै यो वर्षदेखि अधिकासं रात्री जात्राहरु दिउँसो लाग्ने भएका छन् ।

दशै र द्धितिया तिथीबाट जिल्लाको लेकम क्षेत्रमा शुरु भएको जात्रा पूर्णिमाको दिन सकिन्छन् । लेकम गाउँपालिकाको कुणी, झरकडा लगायत स्थानमा पुर्णिमाको दिन अन्तीम जात्रा लाग्ने गर्दछ । यो वर्ष कोरोनाको जोखिमबाट बच्न मन्दिरहरुमा पुजाआजा बाहेकका गतिविधिहरु गर्न रोक लगाइएको छ ।
शनिवार शिखर जात्रा सम्पन्न भएको छ । हिन्दू धर्माबलम्बिहरुको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहीत महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडी देखिनै शुद्ध भएर जाने प्रचलन रहिआएको छ । शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनबिस्वास छ ।

शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानीलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ । शिखर धाममा पुजन जात्रामा सहभागि हुनकोलागी दार्चुलाको बिभिन्न क्षेत्र, सुदूरपहाडका बिभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट समेत भक्तजन दर्शनार्थीहरु आजकै दिनदेखि आउने भएपनि यो वर्ष कोरोना भाइरसको प्रभावका कारण विगत वर्षहरुको तुलनामा भक्तजनहरुको उपस्थितिमा कमि आउने अनुमान गरिएको छ ।

मालिकार्जुनको उत्पत्ति कसरी र कहाँ भयो ? पौराणिक इतिहास सहित

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्