हेलिकप्टरमा चरा ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण

काठमाडौं – बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर सर्भिसेज कम्पनीको एक हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । बागमती प्रदेशका प्रहरी प्रमुख बसन्त लामाले हेलिकप्टर चरासँग ठोक्किएपछि पाइलटले बेलकोटगढी नगरपालिका वडा नम्बर ६ स्थित झिल्टुङमा आकस्मिक अवतरण गरेको जानकारी दिए ।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको लामाले बताए । हेलिकप्टरमा ६ जना सवार रहेकामा एकजना सामान्य घाइते भएको जानकारी आएको लामाले बताए । हेलिकप्टरमा पाइलटसहित बेलकोट नगरपालिका( ३ का वडाअध्यक्ष वीरजंग भण्डारी, वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार रहेको खुलेको छ ।

वडाअध्यक्ष भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको लामाको भनाइ छ। प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्