एक हजार २५५ कोरोना सङ्क्रमित थपिए, कुल संख्या दुई लाख ३१ हजार ९७८ पुग्याे

काठमाडौं- नेपालमा कोरोना भाइरसका एक हजार २५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार २५५ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ । हाल १७ हजार ९०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ४०४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २५ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४७९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ६३२ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्