बिद्युत विस्तारमा ढिलासुस्ती गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

गणेशसिँह धामी, दार्चुला

शैल्यशिखर नगरपालिका वडा नं. ६ स्थित पनेबाज मुख्य सडकमा शुक्रवारका दिन वडा नंं ६ र ७ का उपभोक्ताहरुले आफ्नै नगरपालिकाममा दुई वटा हाइड्रोपावर हुदाहुदैपनि विद्युत प्राधिकरणबाट बेलाबेला विद्युतीकरणका लागि आश्वासन मात्र हुदै आएको र सम्झौतालाई कार्यान्वयन आलटाल गरिएकोले विहान ११ बजेदेखि १२ बजेसम्म एक एक घण्टा सांकेतिक रुपमा ध्यानाकर्षण गर्न चक्काजाम गरी सोको जानकारी सामाजिक सञ्जाल मार्फत विद्युत प्राधिकरणको जिल्ला कार्यालय दार्चुला जिल्ला प्रशासन कार्यालय दार्चुला र शैल्यशिखर नगरपालिकाको कार्यालय गोकेलेश्वरलाई अनुरोध गर्ने र माग सम्बोधन गर्न वेवास्ता गरे आन्दोलन गर्ने कार्यक्रम राखेको छ । जसमा १५ गते विहान ७ बजेदेखि चक्काजाम, १६ गते नगरपालिकाका कार्यालय तालाबन्दी र १७ गते चमेलिया जल विद्युत कार्यालय तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्