वेदकोटका चार सय बढी युवालाई कृषी उद्यमी बनाईदैँ

महेन्द्रनगर- कार्तिक २८ । कञ्चनपुरको वेदकोट नगरपालिकाले युवालाई कृषी उद्यमतर्फ आकृषीत गर्न कार्यक्रम थालेको छ । युएनडीपी र नगरपालिकाको आर्थिक सहयोगमा स्वीट नेपालले उक्त योजना अघि सारेको हो ।

कोभिड–१९ प्रतिक्रिया र सामाजिक, आर्थिक पुनरप्राप्ति परियोजना अन्र्तगत कार्यक्रम सञ्चालन भईरहेको स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले बताए । शुक्रबार उक्त परियोजना अन्र्तगत वेदकोट नगरपालिकाका ८० जना कृषकलाई तरकारीको विउ तथा कृषी औजार वितरण गरिएको छ ।

स्वीट नेपालले तरकारीको विउमा काउली, टमाटर, बन्दा, खुसार्नी, गाँजर र कषी औजारमा कोदालो, कुटो, क्यारेट र अर्गानिक मल लगायतका १६ सामाग्री कृषकलाई हस्तान्तरण गरिएको हो । नगरपालिकामा दुई वडा एक उत्पादन कार्यक्रम अन्र्तगत परियोजनाले कामा गरि रहेको अध्यक्ष तिरुवाको भनाई छ ।

नगरको वडा नम्बर १ र २ मा आलु, ३ र ४ मा च्याउ, ५ र ६ मा खुसार्नी, ७ र ८ मा लसुन तथा ९ र १० नम्बर वडामा ब्याज खेतीलाई ब्लकको रुपमा पमा अगाडी सारिएको छ ।

उक्त खेतीका लागि तीन चरणमा स्थानीय युवाहरुलाई आवश्यक तालिम समेत दिईएको स्वीटका अध्यक्ष तिरुवाको भनाई छ । त्यस्तै वेदकोटका नगर प्रमुख अशोक कुमार चन्दले युवाहरुलाई उत्पादनसँग जोड्न जोड्न कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘अहिले कोरोना संक्रमणका कारण थुप्रै युवा घर फर्केका छन्, जसमा अधिकांश युवा स्वदेशमै कहि गर्ने ईच्छा छ’ उनले भने ‘अब युवाहरुलाई कृषी उद्यमसँग जोड्नु आवश्यक छ ।’

गत आर्थिक वर्षमा लैगिङ्क हिसां विरुद्धमा स्वीट नेपालसँग साझोदारीमा कार्यक्रम गरिएकोमा चाुल आवमा कोभिड लक्षीत परियोजना सञ्चालन गरिएको उनको भनाई छ । सुदूरपश्चिम खबर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्