दाईकाे शुभलगनमा सहाेदर भाईलाई प्रबेश निषेध

दाईकाे शुभलगनमा सहाेदर भाईलाई प्रबेश निषेध । ( सन्दर्भ निजामती कर्मचारीहरूकाे आधिकारिक ट्रेड युनियन निर्वाचन)।

ममता विष्ट

दाई हजुरकाे शुभलगनकाे साइत जुरेछ, तपाइकाे आफ्नै सहाेदर भाइकाे पुर्पुराे फुरेछ भनेर भन्दा मेराे खुसीमा डाह गरिस भन्नुहाेला तर अझै पनि भाइ निम्ताे आउला कि भनी पलपल कुरेछ । एउटै आमाबाकाे काेखबाट हजुरकाे जन्म छिटाे भयाे मेराे ढिलाे हुनुमा के दाेष, के म तिनै आमाबाकाे सन्तान र तपाइकाे सहाेदर भाइ हैन र किन यस्ताे विभेद गर्नुभाे नखुल्दै मेराे हाेस ।
भनेकाे सुन्छु दाजुभाइकाे पैतृक सम्पतिमा समान हक हुन्छ अरे, मेरा लागि त आमाबाले जन्मिदै भेदभाव गर्न सुरू गरे । तपाइलाई त ६ महिनासम्म संस्कार सहित बाच्न सिकाए,आइपर्ने भीड र समस्या संग सहजैसंग भीड्न सिकाए , सके बाच्नु नसके मर्नु भनी म अबाेध बालकलाई लत्याइ फाल्दा पनि बाचेकाे छु दाजु टुहुराजस्तै बने पनि ।
हजुरका लागि सिचाइ हुने मलिला खेतबारी बनेका महल अनि मेरा भागमा सुख्खा डाडाकाे खेती र ओडार पाे परे ।
यस्ताे गर्दा पनि केही नबाेली लड्दै पड्दै भाइ बामे सर्ने भएकाे छ, ओत लाग्ने ठाउँ खाेजी सानाे बारीमा पसिना र पाैरखले हरियाली छाएकाे छ ।
साेचेथे आमाबाले छाेडेपनि मेराे दाजु छाेड्ने छैनन, मलाई एक्लै बनाएर आफ्नाे कुनाे मात्र जाेड्ने छैनन । …
कुर्दाकुर्दै मेरा दिन गए हजुरले बाटाे माेड्दै जानुभाे कहि कतै टाल्न बाकी आफ्नै महलका प्वालहरू टाल्नुभाे , हेरिरहन्थे मुहारपुस्तिकामा देखे लगनकाे साइत अरे खुसीले फुरूङ्ग हुन नपाउदै आवाज आयाे बल्ल खाइस रे,
किन भनिस साथी यस्ताे भन्दा भित्र पढेर हेर भन्याे , एउटै परिवारकाे कान्छाे भाइलाइ उत्सवमा प्रबेश निषेध रे , छिनभरमै सपना टुक्रिगए कालाे बादल मडारियाे आमाबा र सहाेदर दाईबाट किन यस्ताे व्यवहार गरियाे ।

फेरि सुने साइत सरेछ साेचे पक्कै अब मलाई निम्ता आउँछ , अभिभावकविहिन याे जीन्दगीले दाईकाे अभिभावकत्व पाउछ, फेरि साइत ताेकिएछ मलाई निम्ताे आकाे छैन अझै पनि ममाथि निराशाले छाकाे छैन ।
यदि म सहयात्री बन्न लायक थिएन भने कान्छाे भाइ कसरी बने, तिनै तपाइका आमाबाले हाम्रै पुत्र हाेस कसरी भने ।
म फुट्न चाहन्न संगै मिलाै अझै धेरै बिग्रेकाे छैन यस्तै गर्दै गयाै भने चुप लागेर अब म बस्ने हैन ।

मैले जन्मेकाे नक्षत्रमा जन्मेका सबैमाथि यस्तै विभेद भाे अरे ,जन्म दिनेकाे दाेष हाे हामीलाई अबाेध शिशुले के गलत गरे, एउटै आमाका सन्तान फुटेर जानू राम्राे हाेइन , दाजुकाे लगनकाे निमन्त्रणा आउने आश अझै मरेकाे छैन ।

ममता विष्ट, दार्चुला
कार्यरत : लेखा अधिकृत, लेकम गाउँपालिका, दार्चुला

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्