हेलम्बु सधैँ चर्चामा : योजनाहरुको सम्झौता सफ्टवेयर मार्फत

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले योजनाहरुको सम्झौता सफ्टवेयर आर्फत गर्ने प्रचलनको सुरुवात गरेको छ । उपभोक्ताहरुको काम छिटो र छरितो गर्न यो आर्थिक वर्षदेखि यो प्रक्रिया सुरुवात गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो

असोजको आधा महिनामा नै योजना सम्झौता गरिसेको छ । जसअनुसार ७ वटा वडामा २ सय १७ वटा योजना रहेकोमा २७ वटा सम्झौता भएर ७ वटा सम्पन्न नै भईसकेको प्रमुख प्रशासकीय अधिकृत भिमराज कोईरालाले जानकारी दिनुभयो ।

सम्झौता भईसकेका योजनाको काम पनि दशैंपछि तिव्रता पाउने उहाँले बताउनुभयो । गाउँपालिकाको सबैभन्दा ठूलो गौरवको आयोजना हिमालयन ग्रेटट्रेल, बन्जीजम्पको लागि झोलङ्गे पुल लगाएत योजनाको समेत ठेक्का सम्झौता भईसकेको जनाएको छ ।

हेलम्बु गाउँपालिका भित्र गरिने योजनाको काममा गाउँपालिका बाहिरका कामदार नलगाउने रणनीति अपनाएको छ । बाहिरका कामदार ल्याउनु भन्दा रोजगारी तथा स्वास्थ्यको जोखिमका हिसाबले गाउँपालिका भित्रकै कामदार लगाउनु उपयुक्त हुने गाउँपालिका अध्यक्ष शेर्पाको भनाई छ ।

कोरानाकै बीचमा पनि गाउँपालिकाले काम चैत्र भित्रमा सकेर बैशाखमै भुक्तानी दिईसक्ने रणनीति लिएको छ । पछिल्लो समय एकपछि अर्को सफल काम गरेकै कारण हेलम्बु गाउँपालिका बेला बेला चर्माचमा आउने गरेको छ । हेलम्बुलाई नेपालकै नमुना गाउँपालिका बनाउने अध्यक्ष शेर्पाको दाबी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्