कालोपत्रे भएको एक बर्ष नपुग्दै पिताम्बर सडकमा खाल्डाखुल्डी, स्थानीयद्वारा चक्काजाम

मुकेशप्रसाद जाेशी, कञ्चनपुर

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने पिताम्बर सडक कालोपत्रेमा ठेकेदार कम्पनीले चरम लापरवाही गरेको छ । सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय, धनगढीद्वारा सञ्चालित पिताम्बर स्वास्थ्य चौकीदेखि बेल्डाँडी सडक कालोपत्रे गर्दा गुणस्तरहिन भएपछि सडक एक बर्ष नबित्दै खाल्डाखुल्डी परेको छ ।
महाकाली गौरव विल्डर्स प्रा.लि.ले मिति २०७५ साल चैत २९ गते ठेक्का सम्झौता गरेको थियो जुन ठेक्का मिति २०७६ साल जेठ ३० गते ठेक्का सकिएको थियो । रु ३३ लाख १ हजार ९ सय ७३ रुपैयाँमा सम्झौता भएको उक्त सडक एक बर्ष नबित्दै कालोपत्रे उप्किन थालेपछि स्थानीयले विरोध जनाउदै आएका छन् । यसैक्रममा बिहिबार स्थानीयहरुले उक्त सडकमा यातायातका साधन आवत जावतमा रोक लगाउदै चक्काजाम गरेका थियो ।
ठेकेदार कम्पनीको चरम लापरवाही र प्रदेश सरकारको फितलो अनुगमनले सडक गुणस्तरहिन भएको भन्दै स्थानीय आक्रोशित भएका छन । मापदण्ड अनुसार कालोपत्रे नभएको र स्तरीय नभएको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्