दार्चुलामा अर्को सूचना जारी नभएसम्मका लागि आजबाट निषेधाज्ञा जारी

गणेश सिँह धामी, दार्चुला

दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा निशेधाज्ञा जारी गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ बमोजिम संकलन गरिएको स्वाबको नतिजा ३९ जनामा कोरोना पीसीआर पोजेटिभ देखिएकोले कोभिड–१९ रोगको संक्रमणको जोखिम समुदायमा फैलिन नदिन महाकाली नगरपालिका अन्र्तगत वडा नंं ४ को सम्पूर्ण क्षेत्र र वडा नं. ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्र भित्रमा निशेधाज्ञा जारी गरिएको हो । उक्त क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै अत्यावश्यक सेवा (डेरी, तरकारी तथा फलफुल र खाद्य सामग्री) असोज २९ गते बिहान ७ बजेदेखि विहान ९ बजेसम्म खुल्ला रहने तथा औषधी पसल २४ औँ घण्टा खुल्ला रहन सक्ने एंव तोकिएको समय बाहेक अन्य समयमा कुनै पनि किसिमको आवतजावत गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिदिनुहुन भनि महाकाली नगरपालिका नगर कार्यपालिकाको कार्यालय, खलंगा, दार्चुलाको पत्रबाट सिफारिस भई आएको हुँदा उक्त नगरपालिकाको क्षेत्रमा लागु हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ र संक्रमक रोग ऐन, २०२० बमोजिम आज २९ गते बेलुका ८ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्