दार्चुला कारागारका दुई जनामा कोरोना पुष्टि

गणेश सिँह धामी, दार्चुला
दार्चुला कारागारमा गरिएको कोरोना परिक्षणमा दुई जनामा कोरोना पुष्टि भएको छ । कारागार कार्यालय दार्चुलाका प्रमुख मान बहादुर खडायतका अनुसार दार्चुला कारागारबाट कोरोना परिक्षणका लागि दुई जनाको स्वाव संकलन गरिएकोमा दुबै जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना प्रभावलाई मध्यनजर गर्दै कारागारमा चैत्र ११ गते यता कैदिबन्दी तथा थुनुवा भेटघाटमा समेत प्रतिबन्ध लगाइएको भएपनि कारागार भित्र कोरोनाले प्रबेश गरेको छ ।
दुई जना मध्ये एक जना हर्निया सम्बन्धी र एक जना मानसिक रोगी रहेका छन् । उनीहरुको थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्