मेलम्ची नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु भोलीबाट ६ गतेसम्म बन्द हुने

सुशील सुवेदी, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु भोलीबाट कार्तिक ६ गतेसम्म बन्द हुने भएको छ । नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको नगरपालिकाको विभागिय शाखा प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो । जनप्रतिनिधि एवम् कर्मचारीहरु कन्ट्राक ट्रेसिङमा रहेको र समुदायमा कोरोना संक्रमण फैलिदै गएको पाईएकाले मेलम्ची नगरपालिका र यसअन्तर्गतका वडा कार्र्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको नगरपालिका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।
यस्तै जनप्रतिनिधि एवम् कर्मचारीहरु संक्रमित तथा कन्ट्राक ट्रेसिङमा रहेकाले वडा नं १ र ३ बाट प्रवाह गरिने सबै सेवाहरु आजदेखि कात्र्तिक ३ गतेसम्म पूर्ण रुपमा बन्द गरिने निर्णय गरिएको पनि अर्यालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्