बिहिबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि, उपत्यकामा १९३४ जना संक्रमित

काठमाडौँ – बिहिबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा १ हजार ९ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका १ हजार ६ सय ९२ जना, भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जना रहेका छन् । आज १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ८४ हजार ५ सय १८ जना डिस्चार्ज भइसकेको छन । अझै ३६ हजार ५ सय ३३ जनामा कोरोना सक्रिय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्